आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारत–चीन युद्धको संघारमा रक्षामन्त्री पोखरेलको शंकास्पद गतिविधिले खैलाबैला !

भारत–चीन युद्धको संघारमा रक्षामन्त्री पोखरेलको शंकास्पद गतिविधिले खैलाबैला !

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ५ २०७७

  • 85.1K
    SHARES

  • भारत–चीन युद्धको संघारमा रक्षामन्त्री पोखरेलको शंकास्पद गतिविधिले खैलाबैला !

    काठमाडौं - नेपालमा कम्युनिस्टको सरकार बनेदेखि चिनियाँ गतिविधि तिब्र बनेको छ । चिनियाँ गतिविधि यती धेरै बढ्यो कि चीन र नेपालका दुई सत्ताधारी कम्युनिस्ट पार्टीहरूले एउटै मञ्चमा कार्यक्रमहरू गर्न थालेका छन् ।

    एक वर्ष अगाडि चिनियाँ पार्टीका शक्तिशाली नेताहरू काठमाडौंमा आएर नेकपाका नेताहरूलाई प्रशिक्षण नै दिएर गए । नेपाल र चीनका कम्युनिस्ट नेता र सरकारबीच पनि बाक्लै सम्बन्धहरू भइरहेका छन् ।

    दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सम्वाद र छलफलहरू आदान प्रदान गर्नु स्वभाविक भए पनि एउटै पार्टी भए जसरी भइरहेका चीन र नेपालका कम्युनिस्ट पार्टीका गतिविधि आपत्ति जनक छन् । उनीहरूले एउटै ब्यानरमा दुबै देशका कम्युनिस्ट पार्टीको नाम लेखेका छन् ।

    यो संकेत भनेको नेपालमा चीनको गतिविधि बढेको हो । विश्वभरि आफ्नो प्रभुत्व जमाउँदै आएको चीनले नेपाललाई पनि दवावमा राख्न चाहन्छ भन्ने संकेत गरेको छ ।

    नेपालमा चीनमाथि सत्तारुढ नेकपाले भित्र्याइरहेको खुला हस्तक्षेप दीर्घकालमा नेपालका लागि ठूलो नोक्सानी हुनेछ । नेपालमा चीनको यसैगरी हस्तक्षेप र गतिविधि बढ्दै गयो भने अमेरिकासहितका पश्चिमा राष्ट्रहरू चुप बस्ने छैनन् । त्यसको प्रभाव के हुन्छ त्यस बेला थाहा हुनेछ ।

    चीनले नेपाललाई सहयोग गर्नुपर्छ । नेपालले पनि चीनलाई सहयोग गर्नुपर्छ । तर, यसरी नाङ्गो नाच नेपालका लागि राम्रो होइन । नेकपाले चिनियाँ राजनीतिक गतिविधि बढाउने कार्यको अहिले विरोध गरिन भने नेपालका लागि उचित हुनेछैन ।

    नेपाललाई चीन निकट बनाउनुमा भारतको ठूलो भूमिका छ । सधैँ नेपालको आन्तरिक, राजनीतिक र सिमानामा भारतको अतिक्रमण र हस्तक्षेपले नेपालको सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) चीनतिर झुकाब राख्न बाध्य भयो । नेकपाले चीनलाई नेपालमा खेल्नका लागि रातो कार्पेट नै बिच्छ्याइदिएको छ । शुक्रबार भिडियोमार्फत नेपाल र चीनका कम्युनिस्ट नेताहरूको सम्वाद भएको छ ।

    नेपाल–भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद भइरहेको छ । चीन र भारतबीच गलवानमा सीमा विवाद भइरहेका बेला नेपाल र चीनका कम्युनिस्ट पार्टीबीच भएको यो भिडियो कन्फ्रेन्सलाई महत्वका साथ हेरिएको छ ।

    चिनियाँ कम्युनिस्ट पार्टीसँगको शुक्रबारको प्रशिक्षणमा नेपालका रक्षा मन्त्री समेत रहेका नेकपाका स्कुल विभागका प्रमुख ईश्वर पोखरेल सहभागी छन् ।

    रक्षामन्त्री पोखरेलको यो हर्कतले नेपाल–भारतबीचको वार्तालाई झन् टाढा पुर्‍याइदिएको छ । रक्षामन्त्री पोखरेलले नै भारतलाई चिढ्याउने गरेर यसरी हर्कत गरेपछि भारतद्वारा अतिक्रमित नेपाल भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा फिर्ता ल्याउन गर्ने भनिएको कुटनैतिक वार्तालाई के असर गर्छ ? धेरैको चिन्ताको विषय बनेको छ ।नेकपाको विदेश विभागलाई समेत जानकारी नदिएर रक्षामन्त्री पोखरेलले चीनसँग गरिएको यो प्रशिक्षणले चीनलाई नेपालमा खुला राजनीति गर्न निम्ताएको छ ।

    नेकपाको विदेश विभागका प्रमुख वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल छन् । नेता नेपाललाई पूर्व जानकारी नै नदिएर रक्षामन्त्री पोखरेलले दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राखेर चिनियाँहरूसँग भर्चुअल सम्वाद गरेका छन् ।

    चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओलगायतका नेता सहभागी रहेको नेकपाले जनाएको छ ।

    नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीसँग शुक्रबार एउटै ब्यानरमा गरेको जस्तो भर्चुअल (भिडियो) प्रशिक्षण अन्य कुनै दलले भारतीय कुनै पार्टीसँग गरेको भए काठमाडौंका सडक र सामाजिक सञ्जालमा ‘भारतीय दलाल’ भनेर चर्को आलोचना हुने थियो । तर, सत्तारुढ नेकपाले नै रक्षामन्त्रीलाई राखेर चिनियाँ कम्युनिस्ट पार्टीसँगको यो छलफलका विषयमा धेरैले चासो नै दिएका छैनन् ।

    नेकपालाई यसरी चिनियाँ हस्तक्षेप देशभित्र भित्र्याउन मिल्छ कि मिल्दैन विचरणीय कुरा छ । दुई देशका कम्युनिस्ट पार्टीबीच भाइचारा राख्नु उचित हो । यसरी रक्षामन्त्रीलाई नै राखेर सम्वाद गर्ने कार्यले के अर्थ राख्छ ? नेपकका नेताहरूले समयमा जानकारी दिनैपर्छ ।

    नेपालले भारत र चीनसँग बराबरीको सम्बन्ध राख्नुपर्छ । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले चीनलाई मात्रै खुसी पार्ने गतिविधि नेपालका लागि उचित हुनेछैन ।

    भारतलाई चिड्उने कर्या पनि नेपालका लागि भलो हुँदैन । नेपालको कम्युनिस्ट सरकार र नेकपाले चीन र भारत दुबैको हस्तक्षेप भित्र्याउनु हुँदैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend