आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

माओवादी पारा देखाएर फरार वडाध्यक्षसहित ३ जना पक्राउ

माओवादी पारा देखाएर फरार वडाध्यक्षसहित ३ जना पक्राउ

  • मिडिया डबली
  • बिहिवार, जेठ २२ २०७७

  • 6.5K
    SHARES

  • माओवादी पारा देखाएर फरार वडाध्यक्षसहित ३ जना पक्राउ
    फाइल तस्वीर

    काठमाडौं – तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र आतंकलाई सम्झाउने गरी मंगलवार राति रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१४ स्थित अस्थायी प्रहरी पोस्ट आक्रमण तथा तोडफोड गर्ने पूर्व माओवादीबाट निर्वाचित कम्युनिस्ट वडाध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जाँडरक्सी खाएर नियोजित ढंगले प्रहरी चौकीमा आक्रमण गर्ने मुख्य योजनाकार मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दिपक केसी, त्यसै वडाका राजन केसी र खिलराज गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

    प्रहरी चौकीमाथि सांघातिक हमला गर्ने ती अभियुुक्तलाई १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको र घटनामा संलग्न अन्यको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

    चेकजाँचका लागि प्रहरीले सडकमा राखेको ढाट नहटाएको निहुँमा वडाध्यक्षको नेतृत्वमा आएको समूहले प्रहरी चौकीमाथि आक्रमण गर्दै प्रहरीमाथि कुटपिट गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend