आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

निरु पालले दिइन् ‘बा’ केपी ओलीलाई कडा निर्देशन ! कांग्रेसको माग अनुसार निर्णय

निरु पालले दिइन् ‘बा’ केपी ओलीलाई कडा निर्देशन ! कांग्रेसको माग अनुसार निर्णय

  • मिडिया डबली
  • शुक्रवार, जेठ ९ २०७७

  • 9.6K
    SHARES

  • निरु पालले दिइन् ‘बा’ केपी ओलीलाई कडा निर्देशन ! कांग्रेसको माग अनुसार निर्णय

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाकी सांसद निरु पाल ‘बा’ भनेर सम्बोधन गर्छिन् । कतिपय संसद बैठकमै बोलेर सांसद पालले प्रधानमन्त्री ओलीलाई बा सम्बोधन गरेकी छन् ।

    तिनै सांसद पालको नेतृत्वको संसदीय समितिले ६० वर्षमुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न ओली सरकारलाई कडा निर्देशन दिएको छ ।

    ओली सरकारले भत्ता रोक्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको थियो । कोरोना महामारीका बेला राहत दिनुपर्नेमा भत्ता रोक्नु गलत भएको कांग्रेसको ठहर थियो । कांग्रेसले भत्ता पुनः दिन माग गरेपछि संसदीय समितिले समेत त्यस्तै निर्देशन दिएको छ ।

    महिला तथा सामाजिक समितिको शुक्रवारको बैठकले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका ६० वर्ष भन्दा मुनिका एकल महिला, फरक क्षमता भएका, बालबालिका, लोपोन्मुख जातिका नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षा बापतको भत्ता नरोक्न सरकारलाई निर्देशन दिएको छ । समितिकी सभापति निरुदेवी पालले सरकारले सामाजिक सुरक्षा भत्ताको सम्बन्धमा यसअघि गर्दै आएका कामहरूको विवरण समितिमा उपलब्ध गराउन र उपलब्ध गराउँदै आएको सुविधालाई निरन्तरता दिन निर्देशन दिएकी छन् ।

    समितिको निर्णयमा भनिएको छ, ‘नेपालको संविधान बमोजिम आर्थिक रुपले विपन्न अशक्त र असाहय अवस्थामा रहेका एकल महिला, अपाङ्गता भएका फरक रुपले सबल, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोपोन्मुख जातिका नागरिकहरुको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्ने, सामाजिक सुरक्षा सम्बन्धी कानूनहरू र प्रचलित व्यवहार बीच भिन्नता देखिएको कारण लाभग्राहीहरूलाई समस्या देखिएको भनि सम्बन्धित पक्षहरूबाट यस समितिमा गुनासोहरू प्राप्त भएकाले सो सम्बन्धमा भए गरेका कामहरूको विस्तृत विवरण यथाशीघ्र यस समितिलाई उपलब्ध गराउन तथा महामारीको परिवेशमा उपलब्ध गराउँदै आएको सुविधालाई निरन्तरता दिन आवश्यक रहने देखिएकाले प्रचलित सामाजिक सुरक्षा भत्ता हाललाई यथावत राख्न समिति नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन गर्दछ ।’

    बैठकमा बोल्ने सांसदले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्तिलाई दिदै आएको सामाजिक सुरक्षा भत्ता रोक्न लागिएको भन्दै विरोध गरेका थिए । ६० वर्षभन्दा कम उमेरका एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको भत्ता सरकारले रोकेको भन्दै सरकारी कदमलाई समितिले रोक्नुपर्ने आवाज उठेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend