मंगलवार, भाद्र ३० २०८३Sep 15 2026

Logo
images images

भोटेकोशी बाढीपछि उद्धार कोषबाट १ अर्ब निकासा, मौज्दात १४ अर्बभन्दा बढी

भोटेकोशी बाढीपछि उद्धार कोषबाट १ अर्ब निकासा, मौज्दात १४ अर्बभन्दा बढी

  • मिडिया डबली
  • मंगलवार, भाद्र ३० २०८३

  • 150
    SHARES

  • भोटेकोशी बाढीपछि उद्धार कोषबाट १ अर्ब निकासा, मौज्दात १४ अर्बभन्दा बढी
    फाइल तस्बिर

    काठमाडौँ — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ मौज्दात रहेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंक खातामा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ।

    यस्तै, कोषका अन्य दुईवटा बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ३७ लाख ६ हजार ५७५ अमेरिकी डलर संकलन भएको छ। उक्त रकम नेपाली मुद्रामा करिब ३ अर्ब ६१ करोड रुपैयाँ बराबर हुन्छ।

    कार्यालयका अनुसार केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिसकिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०८३११:११:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend