आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मोदीलाई अमेरिकाको उच्च सम्मानपूर्ण निम्तो, विश्व राजनीतिमा फेरि चर्चा

मोदीलाई अमेरिकाको उच्च सम्मानपूर्ण निम्तो, विश्व राजनीतिमा फेरि चर्चा

  • मिडिया डबली
  • सोमवार, जेठ ११ २०८३

  • 327
    SHARES

  • मोदीलाई अमेरिकाको उच्च सम्मानपूर्ण निम्तो, विश्व राजनीतिमा फेरि चर्चा

    काठमान्डौ-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकाको ह्वाइट हाउस भ्रमणका लागि औपचारिक निम्तो दिइएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नयाँ दिल्लीमा भएको भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल ट्रंपका तर्फबाट मोदीलाई निम्तो दिएका हुन्।

    भेटका क्रममा भारत–अमेरिका सम्बन्ध, व्यापार, रक्षा सहकार्य, इन्डो–प्यासिफिक सुरक्षा, ऊर्जा तथा प्रविधि साझेदारीबारे विस्तृत छलफल भएको बताइएको छ। अमेरिकी पक्षले भारतलाई “महत्त्वपूर्ण रणनीतिक साझेदार” भन्दै दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउन चाहेको संकेत दिएको छ।

    रुबियोले मोदी र ट्रम्पबीच “व्यक्तिगत रूपमा पनि राम्रो सम्बन्ध” रहेको उल्लेख गरेका छन्। पछिल्ला केही व्यापारिक तनावका बीच आएको यो निम्तोलाई कूटनीतिक रूपमा निकै महत्वपूर्ण मानिएको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार मोदीको सम्भावित अमेरिका भ्रमणमा रक्षा सम्झौता, सेमिकन्डक्टर, एआई प्रविधि र आपूर्ति शृंखला सहकार्य मुख्य एजेन्डा बन्न सक्ने अनुमान गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend