आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

होर्मुज जलक्षेत्रमा जारी अवरोध अस्वीकार्य : नरेन्द्र मोदी

होर्मुज जलक्षेत्रमा जारी अवरोध अस्वीकार्य : नरेन्द्र मोदी

  • मिडिया डबली
  • सोमवार, चैत्र ९ २०८२

  • 351
    SHARES

  • होर्मुज जलक्षेत्रमा जारी अवरोध अस्वीकार्य : नरेन्द्र मोदी

    काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसियाको युद्धका कारण होर्मुजको जलडमरु (स्ट्रेट अफ होर्मुज) मा भइरहेको अवरोध भारतका लागि स्वीकार्य नहुने बताएका छन् ।

    संसदलाई सम्बोधन गर्दै उनले यो मार्गबाट भारतमा ठूलो मात्रामा कच्चा तेल, ग्यास र मल भित्रिने भएकाले यसको सुरक्षा महत्वपूर्ण रहेको उल्लेख गरे । युद्ध सुरु भएदेखि यो जलक्षेत्रबाट जहाजहरूको आवतजावत निकै कठिन भएको भए पनि भारत सरकारले पेट्रोल, डिजेल र ग्यासको आपूर्तिमा असर पर्न नदिन हरसम्भव प्रयास गरिरहेको उनले जानकारी दिए ।

    प्रधानमन्त्री मोदीले पश्चिम एसियाको वर्तमान अवस्था चिन्ताजनक रहेको बताउँदै त्यहाँ करिब १ करोड भारतीयहरू कार्यरत रहेको स्मरण गराए । उनका अनुसार युद्ध सुरु भएयता ३ लाख ७५ हजारभन्दा बढी भारतीय नागरिक स्वदेश फर्किसकेका छन् । जसमध्ये इरानबाट करिब १ हजार भारतीयहरू फर्किएका छन् ।

    प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग निरन्तर संवाद गरिरहेको र संकटमा फसेका भारतीयहरूको उद्धारका लागि कूटनीतिक नियोगहरू सक्रिय रहेको बताए । भारतले आफ्नो एलपीजी ग्यासको ६० प्रतिशत आवश्यकता आयातबाटै पूरा गर्ने भएकाले सरकारले घरेलु उपभोक्तालाई प्राथमिकतामा राखेर उत्पादन बढाउन जोड दिएको छ ।

    प्रधानमन्त्री मोदीले वार्ता र कूटनीतिबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै व्यावसायिक जहाजहरूमाथिको आक्रमण तत्काल रोकिनुपर्ने माग गरे । उनले यो युद्धको असर लामो समयसम्म रहने भएकाले सबैलाई एकजुट हुन आग्रह गर्दै यस्तो अवस्थामा भ्रम फैलाउने तत्वहरूदेखि सतर्क रहन समेत सचेत गराए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend