आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सडक नबनाउनेलाई रुखमा बाँध्ने भन्दै हिडेका बालेनले आफ्नै उम्मेदवारले १० बर्ष सडक अलपत्र पारेको नदेखेपछि धनुषामा उथलपुथल !

सडक नबनाउनेलाई रुखमा बाँध्ने भन्दै हिडेका बालेनले आफ्नै उम्मेदवारले १० बर्ष सडक अलपत्र पारेको नदेखेपछि धनुषामा उथलपुथल !

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १३ २०८२

  • 834
    SHARES

  • सडक नबनाउनेलाई रुखमा बाँध्ने भन्दै हिडेका बालेनले आफ्नै उम्मेदवारले  १० बर्ष सडक अलपत्र पारेको नदेखेपछि धनुषामा उथलपुथल !

    जनकपुरधाम - 'जान्नेलाई छान्ने' सुशासनको अजेण्डा उठाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले बदनाम ठेकदारलाई उम्मेदवार बनाएको पाइको छ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विकास र समृद्धिको नारासहित धनुषा–१ का उम्मेदवार किशोरी साह ‘कमल’ जनतासामु मत मागिरहेका छन् । उनले समृद्धि र विकासको नारासहित जनताको घरदैलोमा मत मागिरहँदा उनको कम्पनीले भने १० वर्षअघि कबोल गरेका निर्माण योजनाहरू अलपत्र छाडेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले रुखमा बाँध्ने, खोरमा थुन्ने जस्ता काम गरेर बाटो निर्माणको काम छिटो बनाउने बताइँरहँदा रास्वकाकै उम्मेदवारको कारण सडक निर्माण नहुँदा धनुषाका जनताले सास्ती खेप्नु परेको छ । धनुषा १का उम्मेदवार किशोरी शाहको कामले बालेनलाई गिज्याईरहेको छ ।

    धनुषाको जलाद नदीमा पुल सुरु भएको ९ वर्षभन्दा बढी भइसक्यो । दुई वर्षमै सकिने गरी छिरेश्वरनाथ नगरपालिका–७ र ९ तथा मिथिला मध्यमा परिक्रमा सडकअन्तर्गत जलाद खोलाको पुल निर्माण थालिएको हो । तर, पुल अलपत्र छ । 

    धनुषाको छिरेश्वरनाथ नगरपालिका–७, इच्छापुरस्थित जलाद नदीमा पुल निर्माणको काम अलपत्र छाड्ने पुल निर्माणको ठेक्का पप्पु कमल जेभी निर्माण कम्पनीले पाएको छ ।  पुल बनाउने जिम्मा किशोरी साह ‘कमल’ को पप्पु कमल जेभी निर्माण कम्पनीले पाएको छ । यो जोइन्ट भेन्चर कम्पनीका दुई साहुजीमध्ये उनी रास्वपका धनुषा क्षेत्र नं १का उम्मेदवार किशोरी शाह कमल हुन् । रास्वपाले तिनै बदनाम ठेकदारलाई उम्मेदवार बनाएको छ ।

    रास्वपाबाट उम्मेदवार बनेर आफ्नो ठेकदार धन्दालाई संरक्षण गर्नका लागि शाह उम्मेदवार बनेको स्थानीयको आरोप छ । शाहसँधै सत्ता र शक्तिको प्रयोग गर्न विभिन्न पार्टी चाहार्ने गरेका छन् । आँफूलाई पावरफूल देखाउनका लागि विभिन्न पार्टीबाट उम्मेदवार बन्दै आएका छन् । शाह पूर्वजनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । अहिले जनमत परित्याग गरी फेरी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार भएका छन् । उनले टिकट लिनका लागि पनि करोडौं रुपैयाँ बुझाएको रावस्वका भित्र चर्चा छ । राजस्वा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले मधेशमा टिकट बितरणमा आर्थिक चलेखल भएको भन्दै पार्टी परित्याग गरिसकेकी छिन् ।

    रास्वपाका उम्मेदवार ठेकदार शाहको कम्पनीले मिथिलामध्यमा परिक्रमा सडकखण्डसँग जोडिएको जलाद नदीमा पुल निर्माणमा ढिलाइ हुँदा इच्छापुर, दिगम्बरपुर, पर्वता, उमाप्रेमपुरलगायत दर्जनौं गाउँका बासिन्दा समस्या भोग्दै आएका छन् । रास्वका बरिष्ठ नेता बालेन्द्र शाहले रुखमा बाँध्ने, खोरमा थुन्ने जस्ता काम गर्ने गफ दिइरहँदा आफ्नै उम्मेदवार राजनीतिक संरक्षणको लागि रास्वपाबाटनै उम्मेदवार बनेका छन् ।

    बदनाम ठेकदारको कारण समयमा बाटो नबन्दा वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको जनमत पार्टीका नेता अमृत महतो बताउँन् । उनले भने, ‘पुल नबन्दा हरेक वर्ष वर्षायाममा नदीले बगाएर सर्वसाधारणले ज्यान गुमाउने गरेको र आउन जान सास्ती खेप्नु परेको  ।’

    सडक डिभिजन कार्यालय जनकपुरका अनुसार २०७६ पुस १९ गते पुलको काम सम्पन्न गर्ने गरी २०७४ असार १९ गते ठेक्का दिइएको थियो । पुलको लम्बाइ १ सय २० मिटर र चौडाइ ११ मिटर छ। निर्माण कम्पनीले १२ करोड ३५ लाख ६३ हजार २ सय २४ रुपैयाँमा निर्माणको जिम्मा पाएको हो। ठेक्काको समयसीमा नाघेपछि २०८० साल असार मसान्तसम्म म्याद थप गरेको थियो । म्याद थप गरिए पनि निर्माण कम्पनीले हालसम्म पुल निर्माणको कामलाई अगाडि बढाएको छैन । 

    यसैगरी काम सम्पन्न हुन नसक्दा २०८२ मसान्तसम्म तेस्रोपटक म्याद थप गरिएको डिभिजन कार्यालय जनकपुरका सीडीई दारोगा प्रसादले जानकारी दिए । पुल निर्माणको ठेक्का पाएको पप्पु कमल जेभी निर्माण कम्पनीका तत्कालीन समयका मालिक किशोरी साह ‘कमल’ थिए । उनी प्रतिनिधिसभा निर्वाचन २०७४ मा नेकपाबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

    निर्वाचनअघि उनले आफ्नो नामको कम्पनी अन्य व्यक्तिको नाममा स्थानान्तरण गरेका थिए । हाल जलाद खोला पुलको अख्तियारी सञ्जीव साह भन्ने नातेदारलाई अख्तियारी दिएर काम गराइरहेका छन् । डिभिजन सडक कार्यालय जनकपुरका प्रमुख सीडीई दारोगा प्रसादका अनुसार विगतमा ठेकेदारको लापरबाहीले पुल निर्माणको काममा ढिलाइ भएको हो । 

    kiswori_shaha_dhanusha.jpgठेक्का सकार गरेको अढाई वर्षमा बन्नुपर्ने पुल सात वर्षमा पनि नबनेपछि स्थानीयले तत्काल पुल निर्माणको माग गर्दै पटक–पटक दबाबका कार्यक्रम गर्दै आएका छन् । २०८० माघ ३ गते तत्कालीन सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख अरुणकुमार लाल कर्णको अध्यक्षतामा बसेको बैठकले २०८१ जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्ने काम अगाडि बढाउने सहमति भएको थियो। द्विपक्षीय सम्झौतामा दोस्रो स्पान २०८० फागुन १० भित्र, तेस्रो (अन्तिम) स्पान २०८० जेठ मसान्तभित्र सम्पन्न गर्ने उल्लेख छ। त्यसैगरी, २०८१ असार मसान्तभित्र यातायात सञ्चालन हुने गरी माटो तथा ग्राभेलको काम सम्पन्न हुनेगरी सम्झौता भएको थियो।

    तर, सम्झौता कागजको खोस्टामा सीमित भएको नेपाली कम्युनिस्ट पार्टीका नेता शिवशंकर महतोको भनाइ छ । उनले भने, ‘सम्झौता त भयो तर कार्यान्वयन भएन। हालसम्म पनि ६५ प्रतिशत जति काम भएको छ। हामी भुइँमान्छेको आवाज कसैले सुनिदिएन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend