आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

५ करोडको ग्रेनाइटदेखि ८ करोडको डिफेन्डर गाडीसम्म : बालेन्द्र शाह-मालपानी गठजोडको यस्तो छ भित्री कथा

५ करोडको ग्रेनाइटदेखि ८ करोडको डिफेन्डर गाडीसम्म : बालेन्द्र शाह-मालपानी गठजोडको यस्तो छ भित्री कथा

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १३ २०८२

  • 609
    SHARES

  • ५ करोडको ग्रेनाइटदेखि ८ करोडको डिफेन्डर गाडीसम्म : बालेन्द्र शाह-मालपानी गठजोडको यस्तो छ भित्री कथा

    काठमाडौं- वैकल्पिक राजनीति र पारदर्शिताको नारासहित उदाएका बालेन्द्र शाह (बालेन) यतिबेला गम्भीर प्रश्नहरूको घेरामा परेका छन्। काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका उनी चुनावी प्रचारका क्रममा प्रयोग गरिरहेको विलासी गाडी र अघिल्लो कार्यकालका निर्णयबीच सम्बन्ध जोडिँदा ‘गठजोड’को चर्चा चुलिएको हो।

    गुट्खा प्रतिबन्ध र त्यसपछिको समीकरण

    २०८० मंसिर १२ गते महानगर प्रमुख हुँदा बालेनले काठमाडौंभित्र ‘करेन्ट’ ब्रान्डसहित सूर्तीजन्य पदार्थमा कडाइ गरेका थिए। उक्त ब्रान्डमा कमलकिशोर मालपानीको लगानी रहेको बताइन्छ। प्रतिबन्धका कारण सम्बन्ध चिसिने अपेक्षा गरिएको थियो।

    तर त्यसको केही समयपछि दरबारमार्ग क्षेत्रमा ५ करोड १५ लाख रुपैयाँ बराबरको ग्रेनाइट खरिद र बिछ्याउने निर्णयमा सोही व्यावसायिक समूहसँग सम्बन्धित कम्पनी जोडिएको आरोप सार्वजनिक भयो। खरिद प्रक्रिया, मूल्य निर्धारण र कमिसनको आशंकाबारे प्रश्न उठे पनि महानगर नेतृत्व मौन बसेको आलोचना भयो। तर सोही कम्पनीसँग खरिद गरेर बिछ्याउने काम गराए।

    चुनावी प्रचारमा विलासी डिफेन्डर

    अहिले चुनावी प्रचारका क्रममा बालेनले कालो रंगको ल्यान्ड रोभर डिफेन्डर (नम्बर ४३४३) प्रयोग गरिरहेका छन्। २९ सय ९६ सीसी इन्जिन क्षमताको डिजेल–हाइब्रिड उक्त एसयूभी २०८२ कात्तिक २५ गते साना/ठूला सवारी कार्यालयमा दर्ता भएको देखिन्छ। जुन गाडीको मूल्य ८ करोड रुपैयाँ हाराहारी पर्दछ। दर्ता अभिलेखअनुसार गाडी त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा रहेको छ, जुन कमलकिशोर मालपानीसँग सम्बन्धित कम्पनी हो। 

    आयात प्रक्रियामा विवाद

    उक्त गाडी काइरोस इन्टरनेसनलमार्फत नेपाल ल्याइएको बताइएको छ। काइरोसले हङकङस्थित साउथ चाइना एक्जिम लिमिटेडसँग सम्झौता गरी आफूलाई आधिकारिक बिक्रेता दाबी गरेको छ।

    तर साउथ चाइना एक्जिम लिमिटेड न त Jaguar Land Rover को आधिकारिक हङकङ बिक्रेता हो, न त उसले तेस्रो मुलुकमा ल्यान्ड रोभर बिक्री गर्न उत्पादक कम्पनीबाट अनुमति पाएको स्पष्ट छ।

    आरोपअनुसार काइरोसले वाणिज्य विभागमा आधिकारिक बिक्रेताको कागजात पेस गरी एजेन्सी दर्ता गराएको र सोही आधारमा यातायात व्यवस्था विभागबाट आयात अनुमति लिएको हो। त्यसपछि वाणिज्य बैंकमार्फत एलसी खोली गाडी आयात गरिएको बताइन्छ। सामान्यतया आधिकारिक बिक्रेताले गाडी आयात गर्दा सुरुमै यातायात अनुमति लिनु नपर्ने प्रचलन छ। तर ‘किर्ते आधिकारिक बिक्रेता’हरूसँग बैंकहरूले सुरुमै आयात अनुमति माग्ने गरेको जानकारहरूको भनाइ छ।

    वैकल्पिक राजनीति कि पुरानै शैली?

    राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई सम्भावित प्रधानमन्त्री उम्मेदवारका रूपमा अघि सारेपछि उनीप्रति आम चासो झन् बढेको छ। तर एक व्यवसायीको कम्पनीमा दर्ता भएको विलासी गाडी प्रयोग गरी चुनावी प्रचारमा हिँड्नुले वैकल्पिक राजनीतिमाथि नै प्रश्न उठाएको छ। विश्लेषकहरूका अनुसार चुनावी सहयोगको नाममा लिइने यस्तो सुविधा भविष्यमा नीतिगत निर्णयमा प्रभाव पार्न सक्ने जोखिम रहन्छ। गुट्खा प्रतिबन्ध, ग्रेनाइट खरिद र अहिलेको डिफेन्डर प्रयोग—यी घटनाहरूबीचको सम्बन्धबारे बालेनले स्पष्ट जवाफ नदिँदासम्म ‘गठजोड’को चर्चा चर्किँदै जाने देखिन्छ।

    सरकारी निकायहरूले आयात प्रक्रिया र आधिकारिक बिक्रेता सम्बन्धी दाबीबारे स्पष्ट धारणा सार्वजनिक नगर्दासम्म यो प्रकरणले राजनीतिक तथा प्रशासनिक पारदर्शितामाथि गम्भीर प्रश्न उठाइरहनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend