आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नरेन्द्र मोदीले बोलाए सर्वदलीय बैठक

नरेन्द्र मोदीले बोलाए सर्वदलीय बैठक

  • मिडिया डबली डेक्स
  • बिहिवार, बैशाख ११ २०८२

  • 789
    SHARES

  • नरेन्द्र मोदीले  बोलाए सर्वदलीय बैठक

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएका छन्। ​

    पहलगाममा भएको आतंकावादी हमलाको बारेमा दलहरुको धारणा तय गर्न प्रधानमन्त्री मोदीले संसदमा प्रतिनिधित्व गर्ने दललाई बैठकमा बोलाएका छन्।  मंगलबार राति जम्मु काश्मिरको पर्यटकीय क्षेत्र पहलगाममा पाकिस्तानी आतंकबादी संगठनले नेपाली पर्यटक सुदीप न्यौपानेसहित २८ जनाको हत्या गरेका  थिए। कयौं घाइते भएका छन्। आतंकवादीको हमलाका कारण साउदी अरबमा रहेका मोदी भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। 

    भारतले पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश दिएको छ भने पाकिस्तानबाट आफ्ना कुटनीतिज्ञलाई फिर्ता बोलाएको छ। 

    भारतले पाकिस्तानसँग रहेको सिन्धु जल सन्धिलाई पनि स्थगित गर्ने निर्णय गरेको छ। भारत र पाकिस्तानबीच रहेको सिन्धु जल सन्धि सफल अन्तर्राष्ट्रिय सन्धिका रूपमा हेरिन्छ। दुई देशबीच पटक–पटक युद्ध हुँदा पनि उक्त सन्धिमा असर पर्ने गरेको थिएन।

    दुई देशबीच सन् १९६० मा उक्त सन्धि भएको थियो। त्यस्तै पाकिस्तानी नागरिकले सार्क राष्ट्रका सदस्यका नाताले पाउँदै आएको भिसा छुट योजना पनि बन्द गरिएको छ। 

    त्यस्तै, पञ्जाबमा दुई देशको सिमानामा रहेको अटारी एकीकृत चेक पोस्टलाई बन्द गर्ने निर्णय पनि भारत सरकारले गरेको छ ।

    यता पाकिस्तानलले पनि राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएको छ।  पहलगाम हमलापछि भारतको गैरजिम्मेवार आरोप लगाएको भन्दै प्रधानमन्त्री शहबाज शरीफले  राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन्। 

    पछिल्लो परिस्थितको विश्लेषणका लागि प्रधानमन्त्री शरीफले बैठक बोलाएको रेडियो पाकिस्तानले जनाएको छ। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend