काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नेकपा एमालेका सांसद रघुजी पन्त नियुक्त भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।
उनका अनुसार नवनियुक्त मन्त्री पन्तको शपथग्रहण भोलि बिहीबार हुनेछ। संविधान अनुसार मन्त्रीको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। प्रधानमन्त्रीले नियुक्तिको सिफारिस राष्ट्रपति समक्ष गरिसकेका छन्।
शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि पन्तलाई नियुक्त गरिएको हो। पन्त नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।