आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संघीय संसद अन्तर्गत आज तीन वटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज तीन वटा समितिको बैठक बस्दै

  • मिडिया डबली डेक्स
  • सोमवार, चैत्र २४ २०८१

  • 648
    SHARES

  • संघीय संसद अन्तर्गत आज तीन वटा समितिको बैठक बस्दै

    काठमाडौं ।​ संघीय संसद अन्तर्गत तीन वटा समितिको बैठक आज बस्दैछ। अर्थ, कानून, न्याय तथा मानवअधिकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो।​

    बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरुको मानव अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची छ।

    बिहान ११ बजेका लागि बोलाइएको अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे अर्थ मन्त्रालयसँग छलफल हुनेछ।

    महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ६ २०८१०८:३७:३१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend