आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली, देउवा र प्रचण्डलाई घाट पुगुन्जेलसम्म सत्ता सुम्पेपनि देश बनाउँदैनन् : राप्रपा अध्यक्ष लिङ्देन

ओली, देउवा र प्रचण्डलाई घाट पुगुन्जेलसम्म सत्ता सुम्पेपनि देश बनाउँदैनन् : राप्रपा अध्यक्ष लिङ्देन

  • शिब अधिकारी
  • आइतवार, चैत्र २३ २०८१

  • 2.4K
    SHARES

  • ओली, देउवा र प्रचण्डलाई घाट पुगुन्जेलसम्म सत्ता सुम्पेपनि देश बनाउँदैनन्  : राप्रपा अध्यक्ष  लिङ्देन

    शिब अधिकारी, रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओली, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई घाट पुगुन्जेलसम्म सत्ता सुम्पेपनि यिनीहरुले देश नबनाउने बताएका छन् । रुपन्देहीको सैनामैनामा राप्रपा सैनामैनाले आयोजना गरेको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बनेधन गर्ने लिङ्देनले यस्तो बताएका हुन् । 

    लिङ्देनले संघियताले ऋणको भारी बोकाएको तर्क प्रस्तुत गर्दै संघियता आउनु अघि देशको कुल ऋण ६ खर्ब रहेकोमा अहिले उक्त रकम बढेर २७ खर्ब पुगेको बताए । उनले यो व्यवस्था परिवर्तन नभए देशले थप मूल्य चुकाउने स्थिती सिर्जना हुने बताएका छन् । यहि गति रह्यो भने आउँदो असार मसान्तसम्ममा देशको ऋण  २८ खर्ब  पुग्नेमा कुनै दुई मत नभएको उल्लेख गरे । 

    नेपाली जनता महंगो कर तिर्नेमा एसियाकै पहिलो नम्बरमा पर्ने लिङ्देनको दाबी छ । नेताहरुले देश दोहन गर्न नछोडे देशको अवस्था थप विकराल बन्न पुग्ने पनि उनि बताउँछन् । नेताहरुले भाई छोराहरुलाई विदेशमा बेचिन बाध्य बनाएको बताउँदै यस्तो अवस्थाबाट मुक्ती प्राप्त गर्न जनताहरुले राप्रपालाई साथ दिन समेत उनले आग्रह गरे । 

    अध्यक्ष लिङ्देनले कमिशन खानका लागि कामै नलाग्ने एयरर्पोट बनाउने, कबाडी भएर फालिएका जहाज किन्ने गरेको आरोप लगाए । 

    नेतृत्व र व्यवस्था  खराब रहेको बताएका उनले दुनिया बन्दा नेपाल बन्न नमिल्ने भन्ने हुन्न भन्दै प्रधानमन्त्री ओलीले विकासका योजना र विदेशी सहयोग माग्दा आफ्नो क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेको बताए  । उनले आफ्नो क्षेत्रमा हेर्दा विकट कर्णलीका बारेमा नेताहरुले कहिले सोच्ने भन्ने प्रश्न समेत तेर्साएका थिए । 

    राप्रपाले सुधारिएको राजसंस्था र लुटतन्त्रको अन्तय चाहेको लिङ्देनले बताए । 

    चैत्र १५ गतेको राजावादी आन्दोलनका बारेमा समेत बोलेका अध्यक्ष लिङ्देनले सरकारले राजावादीहरुको आन्दोलनलाई हिंसात्मक भनेकोमा आपत्ति प्रकट गरे । उनले सरकारलाई चुनौती दिँदै प्रर्दशनकारीहरुको हातमा लाठी बोकेर गए नगएको हेर्न आग्रह गरे । प्रर्दशनकारी कसैले पनि कसैलाई घाईते नबनाएको उल्लेख गर्दै सरकारले नै प्रर्दशनकारीलाई उत्तेजित बनाउँदा उक्त घटना घटेको बताए । 

    सरकार निरंकुश हुँदै गएको बताउँदै उनले देश भन्दा ठूलो कोही नभएको र निरंकुशताका विरुद्ध र देश जोगाउन सबैजना एकजुट भएर लाग्नुपर्ने बताएका छन् । 

    राप्रपा सैनामैनाले सैनामैना ६ कलौनीमा रहेको कालमोचन शिवालय मन्दिरमा आयोजना गरेको कार्यक्रमबाट विभिन्न पार्टी परित्याग गरि १ सय ५४ जना राप्रपा प्रवेश गरेका छन् । पार्टीमा प्रवेश गरेका सबैलाई अध्यक्ष  लिङ्देनले टिका तथा माला लगाएर स्वागत गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend