आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

संसदकै सबैभन्दा सानो दल राप्रपामा गाईजात्रा, लाजले भुतुक्कै भए कार्यकर्ता !

संसदकै सबैभन्दा सानो दल राप्रपामा गाईजात्रा, लाजले भुतुक्कै भए कार्यकर्ता !

  • मिडिया डबली
  • सोमवार, माघ १७ २०७८

  • 9.9K
    SHARES

  • संसदकै सबैभन्दा सानो दल राप्रपामा गाईजात्रा, लाजले भुतुक्कै भए कार्यकर्ता !

    काठमाडौं - नेपालको राजनीतिमा गज्जब गज्जबका दृश्य देख्न पाइन्छ । अझ त्यसमा पनि साना दलका नेताहरूको हर्कत देख्दा सबैले लाज मान्नुपर्ने अवस्था छ । चाहे त्यो जसपा होस् वा लोसपा वा राप्रपा नै किन नहोस् ।

    नेपालमा संगठित सदस्य धेरै भएको पार्टीमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र हो । एकीकृत समाजवादी भर्खर गठन भएकाले यसको संगठित सदस्यको विवरण भने बाहिर आइसकेको छैन ।

    कांग्रेसको साढे नौ लाख क्रियाशील सदस्य छन् । एमालेले आफ्नो पूर्णकालीन सदस्यको संख्या सात लाखभन्दा बढी रहेको जनाएको छ ।

    माओवादीले पनि आफ्नो पूर्णकालीन सदस्यको संख्या पाँच लाखभन्दा बढी रहेको दाबी गर्दै आएको छ । लाखौं सक्रिय सदस्य रहेको पार्टीमा एक–एकजना मात्र प्रवक्ता छन् ।

    अझ देशकै सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले त अहिलेसम्म प्रवक्तासमेत मनोनयन गर्न सकेको छैन । एमाले, माओवादी र एकीकृत समाजवादीको एक–एकजना पप्रवक्ता छन् ।

    तर, पूर्वपञ्चहरूको पार्टी राप्रपामा भने गाईजात्रा देखिएको छ । कमल थापाले आफू अध्यक्षमा हारेको इगोले पार्टी नै विभाजन गर्न लागिरहेको राप्रपामा चार–चारजना प्रवक्ता छन् । सहप्रवक्ता नै तीनजना छन् ।

    अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार चारजनालाई पार्टी प्रवक्ता र तीनजनालाई सहप्रवक्ता मनोनयन गरेका छन् । प्रवक्ता मनोनयन हुनेमा भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल छन् ।

    सहायक प्रवक्तामा प्रवीणकुमार थोकर तामाङ, दिनेशकुमार साह र पूणंबहादुर चन्द छन् । यिनीहरू सबै पार्टीभित्र पनि गुटका नेताका प्रवक्ता र सहप्रवक्ता भएको नेताहरू बताउँछन् ।

    कतिसम्म भने राप्रपामा पाँचजना त महामन्त्री नै छन् । दुईजना महाधिवेशनबाट निर्वाचित र तीनजना मनोनीत महामन्त्री हुनेछन् । अहिलेसम्म धवलशमशेर राणा, कुन्तिकुमारी शाही, राजेन्द्र गुरुङ रप्रहलादप्रसाद साह महामन्त्री बनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण ३ २०७९०५:०१:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend