काठमाडौं - हिजोसम्म राप्रपा मात्र राजावादी पार्टी थियो । अहिले साझा विवेकशील पार्टी पनि त्यो लाइनमा आएको छ । त्यसैले अहिले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच को बढी राजापवादी बन्ने भन्ने प्रतिस्पर्धा देखिएको छ ।
लिङ्देन त यसै पनि राजावादी भइहाले । उनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले जिताएको भन्दै कमल थापा अहिलेसम्म पनि बर्बराउन छाडेका छैनन् ।
लिङ्देनले पुस १४ गते राजा वीरेन्द्र शाहको जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देशमा राजा अपरिहार्य भएको बताए । उनले आमजनताको माग नै त्यही रहेको दाबी मात्र गरेनन्, राप्रपा राजसंस्था स्थापनामा अघि बढ्ने उदघोष पनि गरे ।
केही समयपछि राप्रपा राजसंस्था पुनस्र्थापनाको एजेन्डा बोकेर चुनावमा जाने अनुमान गर्न थालिएको छ । यता, आफूलाई ठूला दलको वैकल्पिक शक्ति भनेर प्रचार गर्दै आएका रवीन्द्र मिश्र राजालाई काँधमा बोकेर हिँड्न लागिपरेका छन् ।
त्यसका लागि उनले पार्टीभन्दा पहिले देश भन्ने स्लोगान तयार पारेका छन् । हिजो वैकल्पिक राजनीतिक शक्ति बनाउन मत माग्ने मिश्र अब राजसंस्था पुनस्र्थापनाको एजेन्डा बोक्ने बाटोमा हिँडेका छन् ।
त्यही भएर उनले पुस २७ गते पृथ्वीनारायण शाह जयन्तीमा मेची–महाकाली अभियान सुरु गर्ने भएका छन् । जुन हिजो आफूलाई राष्ट्रवादी देखाउन राप्रपा र एमालेले गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।