आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

राजेन्द्र लिङ्देनले रेखा थापा च्यापेपछि महामन्त्री कुन्ती शाही फायर

राजेन्द्र लिङ्देनले रेखा थापा च्यापेपछि महामन्त्री कुन्ती शाही फायर

  • मिडिया डबली
  • बिहिवार, बैशाख १ २०७९

  • 7.2K
    SHARES

  • राजेन्द्र लिङ्देनले रेखा थापा च्यापेपछि महामन्त्री कुन्ती शाही फायर

    काठमाडौं - यतिबेला पूर्वपञ्चहरूको पार्टी राप्रपामा नेता कार्यकर्ता बाहिरिने लहर चलेको छ । एक साताकै बीचमा राप्रपाका पूर्वअध्यक्ष कमल थापाका छोरा, छोरी र भाइले राप्रपा त्यागिसकेका छन् ।

    आगामी निर्वाचनसम्म धेरैले केन्द्रीय नेताले राप्रपा छाडेर कमल थापाको राप्रपा नेपाल प्रवेश गर्ने भएका छन् । राप्रपा छाड्नुको कारण नेतृत्वको अदूरदर्शी शैली पनि प्रमुख कारण भएको बताइन्छ । कमल थापालाई महाधिवेशनमा पराजित गरेपछि अध्यक्ष राजेन्द्र लिङ्देनको फूर्ति निकै बढेको छ ।

    उनी अहिले स्थानीय निर्वाचन केन्द्रित अभियानमा देश दौडाहामा लागेका छन् । जहाँ पुगे पनि उनले कांग्रेस, एमाले, माओवादी केन्द्रलाई गालीगलौज गर्दै आएका छन् ।

    कतिसम्म भने आफ्नो पार्टीले चुनाव जितेमा पूरा गर्न असम्भव घोषणा गर्दै हिँडेका छन् । जसलाई राप्रपाकै कतिपय नेताहरूले पत्याउन सकेका छैनन् । अहिले राप्रपामा पूर्वअध्यक्ष कमल थापा निकट नेताहरूसँग लिङ्देनले छोइछिटो गरेका छन् ।

    स्थानीय निर्वाचन अभियानमा उनले आफूविरोधी नेतालाई महत्व नै दिएका छैनन् । हालै सम्पन्न महाधिवेशनमा कुन्ती शाहीले महामन्त्रीमा अभिनेत्री रेखा थापालाई पराजित गरिन् ।

    शाही कमल थापा र रेखा थापा लिङ्देन पक्षबाट महामन्त्रीमा उठेका थिए । शाहीले जितिन् । थापा हारिन् । तर, अहिले महामन्त्री शाही गुमनाम छिन् । निर्वाचन अभियानमा उनी कतै देखिएकी छैनन् ।

    अध्यक्ष लिङ्देनले रेखा थापालाई देश दौडाहामा लगेका छन् । महामन्त्रीमा आफूसँग पराजित रेखा थापालाई मात्र लिएर हिँडेपछि कुन्ती शाही असन्तुष्ट बनेकी छन् ।

    स्रोतका अनुसार अध्यक्ष लिङ्देनको यही रवैया कायम रहिरहे कुन्ती शाही कमल थापाको राप्रपा नेपाल प्रवेश गर्ने भएकी छन् ।

    लिङ्देन अहिले राप्रपामा रेखा थापाको ग्ल्यामर भजाइरहेका छन् । कलाकार रेखा थापाको फ्यान फलोइङ धेरै छ । त्यसैले पनि कुन्ती शाहीभन्दा रेखा थापा लिङ्देनको प्राथमिकतामा परेकी हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण ३ २०७९०५:०१:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend