काठमाडौं - एमाले र राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा गठबन्धन हुने भएको छ । बुधबार दुई पार्टीबीच आसन्न स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो ।
आफूलाई सय क्विन्टलको ढक भनेर फुइँ हाँक्ने ओली स्थानीय चुनावमा बढारिने डरले स–साना दलसँग गठबन्धन गर्न लागिपरेका छन् ।
सहमतिअनुसार राप्रपा नेपालका उम्मेदवारहरूले साझा चिह्नका रूपमा सूर्य चिह्न लिएर चुनावमा भाग लिनेछन् । दुई पार्टीबीचको चुनावी गठबन्धन देशैभर हुने बताइएको छ ।
चुनावमा सहकार्य गर्ने सहमतिपत्रमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका कमल थापाले पछि पार्टी त्यागेका थिए । पछि उनले राप्रपा नेपाल गठन गरेका हुन्। अहिले उनी एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनावमा जान ओलीको शरणमा पुगेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।