आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डढेलोमा परी युवतीको मृत्यु, पाँच जना घाइते

डढेलोमा परी युवतीको मृत्यु, पाँच जना घाइते

  • मिडिया डबली डेक्स
  • शुक्रवार, चैत्र २१ २०८१

  • 639
    SHARES

  • डढेलोमा परी युवतीको मृत्यु, पाँच जना घाइते

    काठमाडौं । पाँचथरको कुम्मायकमा डढेलोमा परी युवतीको मृत्यु भएको छ। कुम्मायक गाउँपालिका ३ ताम्राखुकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका  प्रहरी निरीक्षक विनालाल साहका अनुसार बिहीबार कुम्मायक गाउँपालिका-३ ताम्राखुका अमरसिंह थापा र पदम खड्काको निजी वनमा डढेलो लागेको थियो। 

    डढेलोमा परी गम्भीर घाइते भएकी उनको धरान लैजाँदै गर्दा धनकुटास्थित भेडेटार नजिक पुगेपछि ज्यान गएको हो।

    डढेलोमा पर्दा घाइते भएका स्थानीय  २८ वर्षीया सपना सम्बाहाम्फे, उनकी छोरी ११ वर्षीया  सिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ। उआगो निभाउने क्रममा कुम्मायक-१ का धनबहादुर विश्वकर्माको पनि खुट्टा भाँचिएको छ। 

    यस्तै फिदिम नगरपालिका-१३ जौवारिको जङ्गलमा बिहीबार मध्यान्ह लागेको डढेलोमा पर्दा ४७ वर्षकी स्थानीय उषाकला नेम्वाङ राई गम्भीर भएकी छिन्। जङ्गलमा दाउरा खोज्न गएका वेला सल्केको आगोमा परेर जलेकी उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २४ २०८१०१:१६:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend