काठमाडौं । गाजा क्षेत्रमा इजरायलले निरन्तर आक्रमण गरिरहेको छ । पछिल्लो आक्रमणमा परी ८० जनाभन्दा धेरैको मृत्यु भएको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा भएको इजरायली आक्रमणमा परी ८० भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको अलजजिराले लेखेको छ ।
इजरायलले जबालिया शिविरमा रहेको संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सीको क्लिनिकमा पनि आक्रमण गरेको छ । यस आक्रमणमा मात्रै महिलाहरू र बालबालिकासहित कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
यस आक्रमणको विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले निन्दा गरेका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको युद्धका कारण हालसम्म कम्तीमा ५० हजार ४२३ प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने एक लाख १४ हजार ६३८ जना घाइते भएका छन् ।
इजरायली आक्रमणका कारण गाजामा मानवीय संकट गहिरिंदै गएको छ । संयुक्त राष्ट्रसंघ तथा विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले युद्ध रोक्न आह्वान गरिरहेका छन् तर हिंसा रोक्ने कुनै संकेत देखिएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।