आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गाजामा इजरायली आक्रमण, २० जनाको ज्यान गयो

गाजामा इजरायली आक्रमण, २० जनाको ज्यान गयो

  • एजेन्सी
  • बिहिवार, माघ ३ २०८१

  • 1.2K
    SHARES

  • गाजामा इजरायली आक्रमण, २० जनाको ज्यान गयो

    इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएपछि पनि निरन्तर आक्रमण भइरहेको छ ।

    आउने आइतवारदेखि पूर्ण युद्धविराम लागू गर्ने सम्झौता भए पनि इजरायलले हवाई आक्रमण गरिरहेको हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीले दाबी गरेको हो । युद्धविराम सम्झौताको घोषणापछि गाजामा खुशी साटासाट भइरहँदा आक्रमणले पनि तीव्रता पाएको बीबीसीले जनाएको छ ।

    एजेन्सीका अनुसार इजरायली हवाई आक्रमणमा २० जनाको ज्यान गएको खबरमा उल्लेख छ । इजरायली सेनाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

    यसैबीच युद्धविराम सम्झौताको घोषणा भएपछि हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायली नागरिकले सडकमा प्रदर्शन गरिरहेका छन् । इजरायल र हमासबीचको युद्धविराम सम्झौतालगत्तै इजरायलको तेल अभिभमा मानिसहरू सडकमा आएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २० २०८१०८:०६:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend