सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

लागुऔषध कारोबारीले कुटपिट गरि लुटे प्रहरीको पेस्तोल

लागुऔषध कारोबारीले कुटपिट गरि लुटे प्रहरीको पेस्तोल

  • मिडिया डबली डेक्स
  • मंगलवार, चैत्र १८ २०८१

  • 1.4K
    SHARES

  • लागुऔषध कारोबारीले कुटपिट गरि लुटे प्रहरीको पेस्तोल

    काठमाडौं । मकवानपुरमा लागुऔषध कारोबारीबाट प्रहरीको पेस्तोल लुटिएको छ। 

    सोमबार कैलाश गाउँपालिका-६ स्थित दुम्सीखर्क जङ्गलमा अफिम कारोबारी रहेको सूचना आएपछि गएको प्रहरी टोलीको पेस्तोल लुटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। 

    इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहितको प्रहरी टोलीमाथि कुटपिट गरी पेस्तोल लुटेर भागेको प्रहरीले जनाएको छ। खड्काका अनुसार पहिले उनीहरू अफिम छाडेर भागेका थिए। पछि अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालयतर्फ आउँदै गर्दा प्रहरीलाई कुटपिट गरेका थिए। 

    लागुऔषध कारोबारीसहितका १०-१५ जनाको समूहले पेस्तोल लुटेर लगेको प्रहरीले जनाएको छ। पेस्तोल र लुटपाटमा संलग्नको खोजी भइरहेको उनले जानकारी दिए। प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी परिचालन भए पनि उनीहरू र पेस्तोल फेला नपरेको खड्काले जानकारी दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २८ २०८१०३:५२:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend