सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

दमकबाट इटालियन पेस्तोलसहित एक जना पक्राउ

दमकबाट इटालियन पेस्तोलसहित एक जना पक्राउ

  • मिडिया डबली
  • सोमवार, श्रावण २८ २०८१

  • 933
    SHARES

  • दमकबाट इटालियन पेस्तोलसहित एक जना पक्राउ

    झापा- प्रहरीले दमकबाट इटालियन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका-८ का ३६ वर्षीय सञ्जीव गजमेर रहेका छन्। दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकखण्डबाट उनलाई पक्राउ गरिएको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

    इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सोमबार बिहान ३:५५ बजे गजमेर सवार को३८प ५६४९ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गरेको थियो।

    स्कुटरको अगाडि चाबी लगाउने भागनेर सामान राख्ने खाली ठाउँमा स्पेशल मेड इन इटाली अटोमसिएल लेखिएको खैरो रंगको कभरसहितको पेस्तोल फेला परेको थियो।

    गजमेरको पाइन्टको पछाडिको गोजीबाट सो पेस्तोलमा लाग्ने दुई थान म्यागजिन फेला परेको केसीले बताए। गजमेरलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान थालिएको छ।

    ‘उनले कहाँबाट पेस्तोल ल्याए र कसलाई बेचबिखन वा आपराधिक कार्यमा प्रयोग गर्न खोजेका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ,’ केसीले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र १८ २०८१११:०४:१५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend