आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

थाइल्यान्ड जाँदै प्रधानमन्त्री, यस्ता छन कार्यक्रम

थाइल्यान्ड जाँदै प्रधानमन्त्री, यस्ता छन कार्यक्रम

  • मिडिया डबली डेक्स
  • सोमवार, चैत्र १७ २०८१

  • 843
    SHARES

  • थाइल्यान्ड जाँदै प्रधानमन्त्री, यस्ता छन कार्यक्रम

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्यान्डको चार दिने औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराए । 

    यही चैत १९ गतेबाट थाइल्यान्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदै छ ।  प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरूको भ्रमणमा ‘गेट–वे’को रूपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैँमा महत्त्वपूर्ण हुने बताए । 

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्यान्डका नरेश र समकक्षीसँग भेटवार्ता गर्नेछन् । भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारी पत्रमा हस्ताक्षर हुनेछ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबिच छ समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

    उनले थाइल्यान्डका प्रतिष्ठित व्यावासायीहरुसँग छलफल गर्ने र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन जानकारी दिए । प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनलाई चैत २२ गते सम्बोधन गर्नेछन् र सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने पनि संसदलाई जानकारी गराएका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०८:०३:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend