आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एकअर्कालाई बचाउन प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यराती कानेखुसी, चौतर्फी उथलपुथल !

एकअर्कालाई बचाउन प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यराती कानेखुसी, चौतर्फी उथलपुथल !

  • मिडिया डबली
  • बुधवार, श्रावण २१ २०७७

  • 10.9K
    SHARES

  • एकअर्कालाई बचाउन प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यराती कानेखुसी, चौतर्फी उथलपुथल !

    काठमाडौं– ‘हामीले भनेको तपाईंले मान्ने, तपाईंलाई हामीले बचाउने’ प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरात यस्तो संवाद चलेको सूचना पाएपछि देशका वरिष्ठ अधिवक्ताहरु शुक्रबार अपरान्ह बानेश्वरको अर्याल होटलमा भेला भए।

    प्रधानमन्त्री अध्यादेशमार्फत् आफ्नो अनुकूलतामा संसद विघटन वा चुनाव चिन्ह सुनिश्चित गर्दै पार्टी विभाजनतर्फ अग्रसर भएको आशंका गरिएकै बेला त्यसलाई वैधता दिने प्रयोजनका लागि प्रधानन्यायाधीशलाई प्रभावित पार्न खोजिएको देशका वरिष्ठ अधिवक्ताहरुले अनुमान लगाएका छन्। यो खबर आजको जनआस्था साप्ताहिले छापेको छ।

    रञ्जन कोइरालाको सजाय घटाउने फैसलामा चुकेका प्रधानन्यायाधीशको कमजोरीमा बालुवाटारले खेल्न चाहेको र पार्टीको विवाद कुनै किसिमले अदालतमा प्रवेश गर्दाको अवस्थामा साथ खोजिएको सो भेलाको आँकलन थियो।

    सरकार र प्रधानन्यायाधीशको रवैया यस्तै भए सडकदेखि अदालतसम्म आन्दोलनको आँधिवेहरी सिर्जना गर्नेसम्मको सल्लाह भएको र त्यसमा मिडियाले समेत साथ दिनुपर्ने नेपाल बारका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले सुनाए।

    खड्काका अनुसार खबरदारीका लागि हरि उप्रेती, भीमार्जुन आचार्य र सुनिल पोखरेल सम्मिलित एउटा कार्यदल गठन भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०८:४२:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend