काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले कुबेतका अमिर शेख सवाह अल अहमद अल जावेर अल सवाहको निधन भएकामा शोक व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले क्रमशः कुवेतका अमिर र प्रधानमन्त्रीलाई बेग्लाबेग्लै शोक सन्देश पठाएर शोक प्रकट गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले त्यहाँका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सवाहलाई सम्प्रेषण गर्नुभएको सन्देशमा कुवेत सरकार, त्यहाँका जनता र राजपरिवारका सदस्यमा समवेदना व्यक्त गरेकी छिन् ।
सन्देशमा राष्ट्रपति भण्डारीले अमिर दूरदर्शी राजनेता भएको र उनले क्षेत्रीय समझदारी र सहयोग प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।