आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

त्रिविमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै

त्रिविमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै

  • मिडिया डबली डेक्स
  • सोमवार, चैत्र १७ २०८१

  • 633
    SHARES

  • त्रिविमा रोकिएको स्ववियु निर्वाचन आज  हुँदै

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै छ । आज बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ ।

    यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।

    उक्त विवादमा गत शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेको थियो । लगत्तै निर्वाचन समितिले शनिबार निर्वाचन कार्यक्रम तय गरेर आजका लागि मतदान तोकेको थियो ।

    यसपटक त्रिविमा दलका विद्यार्थी संगठनका साथै स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । अखिलबाट  सिद्धान्त भट्ट, नेविसंघबाट दीपक जोशी, अखिल क्रान्तिकारीबाट प्रवीन दाहालका साथै पद्मा भुसाल र  उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    इल्क्ट्रोनिक मतदान हुने त्रिवि विश्वविद्यालय क्याम्पसमा ६ हजार मतदाता रहेका छन् । मतदान अपराह्न ४ बजेसम्म हुनेछ ।

    यस्तै सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय मा पनि स्ववियु निर्वाचन हुँदैछ । त्यहाँ पनि बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ । मप विश्वविद्यालयमा पनि यसअघि अदालतमा निवेदन परेपछि केही समयदेखि निर्वाचन रोकिदै आएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १९ २०८१११:३०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend