काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो।
आज संघ, संगठन र समूह दर्ताको कार्यक्रम राखिएको छ। निर्वाचन हुने क्याम्पसहरूमा दर्ता गरिनेछन् । त्यसका लागि सङ्ग सङ्गठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्नेछ । आधिकारिक २ जनाको नमुना हस्ताक्षर सहित आफ्नो सङ्घ सङ्गठनको समिति र कमिटीको नामावली उल्लेख गर्नुपर्नेछ ।
आधिकारिक हस्ताक्षर प्रयोग गर्ने दुई जनाको विद्यार्थी परिचय पत्र पेस गर्नु पर्नेछ । त्यस्तै सङ्घ, सङ्गठन र समूहको केन्द्रीय समिति भए केन्द्रीय अध्यक्षसभापतिरसंयोजकरप्रमुखको पत्र सहित नाम र फोन नम्बर समेत अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
समूह दर्ता गर्ने भएमा संयोजक सहित ११ जनाको नाम र विद्यार्थी परिचयपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्नेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।