आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कुलमानलाई हटाएको बिषयमा आज प्रधानमन्त्रीले संसदमा जवाफ दिने

कुलमानलाई हटाएको बिषयमा आज प्रधानमन्त्रीले संसदमा जवाफ दिने

  • मिडिया डबली डेक्स
  • सोमवार, चैत्र १७ २०८१

  • 873
    SHARES

  • कुलमानलाई हटाएको बिषयमा आज प्रधानमन्त्रीले संसदमा जवाफ दिने

    काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आज बस्दै छ।  गत बुधबारदेखि अवरुद्ध संसदको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि आइतबारको दोस्रो बैठक बस्दै नबसी स्थगित भएको हो। 

    त्यसअघि आइतबार बसेको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच होहल्ला भएपछि बैठक स्थगित भएको थियो।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले कुलमानलाई हटाएको विषयमा उठाएको प्रश्नको जवाफ दिन लागेका हुन्। यस्तै राष्ट्रियसभाको बैठक पनि आजका लागि बोलाइएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०८:०३:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend