काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कानूनबमोजिम अविलम्व कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै अध्यक्ष शाहले यस्तो ध्यानाकर्षण गराएका हुन्। उनले गौर हत्याकाण्डको अनुसन्धान कहाँ पुग्यो? भन्दै प्रश्नसमेत गरे। यस हत्याका काण्डबारे पीडितले जाहेरी दर्ता गराएको भए पनि सरकारले छानविन नगरेको उनको आरोप छ।
उनले भने, ‘म सरकारलाई सोध्न चाहन्छु, गौर हत्यकाण्ड जुन दिउँसो भएको विभत्स हत्या थियो त्यसको छानविन कहाँ पुग्यो?’
रौतहटको गौरमा २०६३ साल चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तात्कालिक मधेसी जनअधिकार फोरम र तात्कालिक नेकपा माओवादीका कार्यकर्ताबीचको विवादले झडपको रूप लिएको थियो। त्यस क्रममा दुई दर्जनभन्दा बढी माओवादी कार्यकर्ताको ज्यान गएको थियो। घटनाबारे मृतकका परिवारले सोही वर्ष चैत २८ गते प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका थिए। तर सरकारले अहिलेसम्म दोषी पत्ता लागेको छैन। अध्यक्ष साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संसदको कार्यसूचीबाट हटाउनुपर्ने समेत बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।