आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादी छाडेका प्रभू साहलाई एमालेमा पहिलो झड्का, भूगोलको पदबाट ‘आउट’

माओवादी छाडेका प्रभू साहलाई एमालेमा पहिलो झड्का, भूगोलको पदबाट ‘आउट’

  • मिडिया डबली
  • शनिवार, बैशाख ११ २०७८

  • 8.8K
    SHARES

  • माओवादी छाडेका प्रभू साहलाई एमालेमा पहिलो झड्का, भूगोलको पदबाट ‘आउट’

    काठमाडौं – तत्कालीन नेकपाभित्र विवाद चर्किएका बेला नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेतिर प्रवेश गरेका नेता प्रभू साहलाई झड्का लागेको छ ।

    नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरूको जिम्मेवारी हेरफेर तथा बाँडफाँड गर्दै नेता साहलाई भूगोलको जिम्मेवारीबाट हटाएको छ ।

    २ नम्बर प्रदेश अध्यक्ष रहेका साहलाई भूगोलको जिम्मेवारीबाट हटाइएको हो । साहलाई हटाएर माओवादी केन्द्रबाटै एमाले प्रवेश गरेकी ज्वालाकुमारी साहलाई प्रदेश अध्यक्ष बनाइएको छ ।

    शहरी विकास मन्त्री समेत रहेका साहलाई पार्टी विभाग तथा पेशागत संगठन इन्चार्ज बनाइएको छ । पार्टीको भूगोलको जिम्मेवारी प्रभावशाली मानिन्छ । भूगोलको जिम्मेवारीमा रहेका नेताहरूले चुनावमा टिकट बाँड्नेदेखि भूगोलको कमिटी परिचालनमा सक्रिय हुन पाउँछन् ।

    तर प्रभू साहलाई प्रदेश अध्यक्षको जिम्मेवारीबाट हटाएर शहरी विकास विभाग प्रमुख, पेशागत महासंघ नेपाल तथा सम्बद्ध संगठनहरू र नेपाल बुद्धिजीवि परिषद् तथा सम्बद्ध संगठनको इञ्चार्ज बनाइएको छ ।

    २ नम्बर प्रदेशको प्रदेश इन्चार्जको जिम्मेवारी रघुवीर महासेठले पाएका छन् । एमाले बैठकले कार्यविभाजन गरेर २६५ जना नेतालाई जिम्मेवारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ७ २०७८०१:०२:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend