आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपाल देशलाई प्रचण्डमुक्त बनाउने यी पूर्व माओवादी नेताको घोषणा

नेपाल देशलाई प्रचण्डमुक्त बनाउने यी पूर्व माओवादी नेताको घोषणा

  • मिडिया डबली
  • शनिवार, माघ १० २०७७

  • 8.3K
    SHARES

  • नेपाल देशलाई प्रचण्डमुक्त बनाउने यी पूर्व माओवादी नेताको घोषणा

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका शहरी विकास मन्त्री तथा पूर्व माओवादी नेता प्रभू साहले नेपाल देशलाई प्रचण्डमुक्त बनाउने घोषणा गरेका छन् ।

    २ नम्बर प्रदेशको गौरमा आयोजित ओली पक्षको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता साहले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालका कारण नेकपा विभाजित भएको बताए । ‘अब नेपाललाई प्रचण्डमुक्त देश बनाउनुपर्छ,’ उनले भने ।

    नेता साहले वास्तविक माओवादीहरूले पार्टी एकता चाहेको तर प्रचण्ड पदको लोभमा डुबेको आरोप लगाएका छन् । माधव नेपाललाई समेत पार्टी अध्यक्ष बनाएपछि असन्तुष्ट बनेका नेता साह ओली समूहमा लागेका थिए ।

    प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लोभले प्रचण्डले पार्टी एकता टुंग्याएको बताउँदै साहले भने, ‘अन्तरघातीहरूलाई पाठ सिकाउनुपर्छ ।’

    साहले राजा ज्ञानेन्द्रलाई दाम चढाउन गएको तथा एमालेलाई ध्वस्त पारेको भन्दै माधवकुमार नेपालको पनि चर्को आलोचना गरेका छन् ।

    प्रचण्ड–नेपालले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर देश बर्बाद गराउन खोजेकाले ताजा जनादेशका लागि निर्वाचनमा जानुबाहेक विकल्प बाँकी नभएको मन्त्री साहले बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend