आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते

ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते

  • मिडिया डबली डेक्स
  • आइतवार, चैत्र २ २०८१

  • 930
    SHARES

  • ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते

    काठमाडौं । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन्। 

    धनगढी उपमहानगरपालिका ६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    सिलिन्डर पड्किंदा खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका हुन्। 

    उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

    जोशीको पसलबाट ग्यास किनेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन्। जोशीले सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र १२ २०८१०८:३३:४८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend