काठमाण्डौ । कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा भएको कुटपिटबाट एक जनाको ज्यान गएको छ ।
गएराति हस्तबहादुर मल्लको घरको विशेष पूजा (पछेटा) गर्ने क्रममा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा भई कुटपिट हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको ज्यान गएको र १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका प्रहरीले जनाएको छ ।
प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा खाँडाचक्र–९ का विवेक मल्ल र दीपेन्द्र मल्ललाई पक्राउ गरेको छ । त्यस्तै घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।