सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कुटपिटबाट झापामा एकजनाको ज्यान गयो

कुटपिटबाट झापामा एकजनाको ज्यान गयो

  • मिडिया डबली डेक्स
  • आइतवार, माघ २० २०८१

  • 690
    SHARES

  • कुटपिटबाट झापामा एकजनाको ज्यान गयो

    दमक ।  झापाको कमल गाउँपालिका- ७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको दमकस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरेका थिए। 

    कुटपिटबाट घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिट गर्ने बाँस्तोलालाई घटनालगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    यसैगरी, कुकुरले टोकेर झापाको कन्काई नगरपालिकामा शनिबार बालकको मृत्यु भएको छ। सङ्खुवासभा चैनपुर नगरपालिका– ७ घर भई हाल कन्काई नगरपालिका- २ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका छोरा सात वर्षीय प्रकाशको मृत्यु भएको हो।

    डेढ महिनाअघि कुकुरले टोकेको बालकको अवस्था सामान्य रहेका कारण अभिभावक उपचार नगराई बसेका थिए। शुक्रबार बालकको स्वास्थ्यमा समस्या आएपछि भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगी उपचार गरिएको थियो। थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बालकको स्वास्थ्यको अवस्था गम्भीर भएपछि हेटौँडास्थित सीएमसी चुरी हिल अस्पतालमा भर्ना गरिएको थियो।  उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ४ २०८१०१:११:४०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend