काठमाण्डौ । काठमाण्डौको कमलपोखरीमा रहेको शान्दार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ ।
कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मकवानपुरको मनहरि गाउँपालिका–५ का १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका–८ का २५ वर्षीयका भीमबहादुर घलेमगरको गएराति ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
गएको बिहीवार बिहान मःम पसलको ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए । तीमध्ये ११ जना घाइतेको उपचार भइरहेकोमा दुई जनाको ज्यान गएको हो । घाइते नौ जनाको कीर्तिपुरमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।