जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा गएराति भएको आगलागीमा परेर एक बालकको ज्यान गएको छ ।
कुशे गाउँपालिका वडा नम्बर ८ ग्राक्ली साँक्टका जनक बहादुर रोकायको घरमा खाना पकाउने चुलोबाट छानामा आगो सल्किएर आगलागी हुँदा उहाँका १२ वर्षका छोरा अमरको ज्यान गएको हो ।
जनक र आमा बिजुली रोकाय घाइते हुनुभएको जाजरकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ७ जनाको परिवार रहेको घरमा अरूको सकुशल उद्धार भएको छ ।
पशु चौपायालाई पनि स्थानीयबासिन्दाले बाहिर निकाल्न भ्याएका छन् । धन, पैसा र लत्ताकपडा भने सबै जलेर नष्ट भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।