आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

१२ वटा क्याम्पसमा स्ववियु चुनाव अनिश्चित

१२ वटा क्याम्पसमा स्ववियु चुनाव अनिश्चित

  • मिडिया डबली डेक्स
  • बिहिवार, फाल्गुण २९ २०८१

  • 981
    SHARES

  • १२ वटा क्याम्पसमा स्ववियु चुनाव अनिश्चित

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका १२ वटा आंगिक क्याम्पसमा स्ववियु चुनाव अनिश्चित भएको छ । ५० आंगिक क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

    त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये काठमाण्डौ उपत्यकाका ६ र उपत्यका बाहिरका ६ गरी १२ वटामा मनोनयन हुन नसकेको हो । अरु क्याम्पसमा समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता भएको छ ।

    आज प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको दाबी विरोध, १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र ५ बजे उम्मेदवारको दाबी विरोधपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

    आज दिउँसो २ बजेदेखि पर्सि चैत २ गते राति १२ बजेसम्म प्रचार गर्न पाइनेछ । त्यसपछि मौन अवधि शुरू हुनेछ । चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ । ८२ वटा क्याम्पसमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।

    त्रिविबाट आंगिक ६२ सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ४ २०८१०७:३४:२०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend