काठमाण्डौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि हिजो धेरैजसो क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनले प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता गराएको जानकारी दिनुभयो ।
काठमाण्डौ उपत्यकाका शङ्करदेव, विश्वभाषा, नेपाल ल, पब्लिक युथ, ग्रामीण आदर्श बहुमुखी, पिपुल्स, पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले मनोनयन दर्ता हुन नसकेको उहाँले बताउनुभयो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का उपाध्यक्ष नारायण घर्तीले आफ्नो सङ्गठनले अधिकांश क्याम्पसमा मनोनयन दर्ता गराएको जानकारी दिनुभयो ।
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का प्रवक्ता सुरज सेजुवालले पनि ठूला क्याम्पससहित देशभर नै उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गरेको बताउनुभयो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का महासचिव रोशन मगरका अनुसार सङ्गठनले अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको प्रचारप्रसारका लागि भोलि २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ । स्ववियु चुनाव चैत ५ गते हुँदैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।