आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण

स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण

  • मिडिया डबली डेक्स
  • सोमवार, फाल्गुण २६ २०८१

  • 564
    SHARES

  • स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत आज मनोनयन पत्र वितरण हुँदैछ। 

    निर्वाचन तालिका अनुसार आज प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयनपत्र वितरण हुने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ।  आज मनोनयनपत्र वितरण भएपछि भोलि प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयन दर्ता गर्ने तालिका छ। यस्तै २८ गते उम्मेदवारको दाबी विरोध र सोही दिन बेलुकी ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ। 

    यस्तै २९ गते दिउँसो १ बजेसम्म उम्मेदारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन हुनेछ। उम्मेदवारले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिउँसो २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मलाई तोकिएको छ। 

    त्यसपछि मौन अवधि शुरू हुनेछ । कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ। कतिपय क्याम्पसमा भने विवादका कारण तालिका हेरफेर भएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १० २०८००१:४२:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend