दाङ - एमालेनिकट अखिलका स्ववियु सभापति र सचिवले नै तालाबन्दी गरेपछि नेपाल संस्कृत विश्वविद्यालयमा दैनिक प्रशासनिक कामकाज ठप्प भएको छ ।
स्ववियु पराधिकारीको तालाबन्दीले शास्त्री तहका नियमित विद्यार्थीहरुले अझै पनि परीक्षाफल प्राप्त गर्नसकेका छैनन् ।
परीक्षाफल प्रकाशित नभएपछि सयौँ विद्यार्थीको भविष्यमा संकट उत्पन्न भएको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्नो संगठनले कलेजमा अबदेखि तालाबन्दी नगर्ने घोषणा गरेका थिए । तर विश्वविद्यालयको मूलद्वारमै ताला लागेपछि विश्वविद्यालयका सम्पूर्ण गतिविधि ठप्प भएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।