काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन्।
ओली सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन आज सुदूरपश्चिम जान लागेका हुन्।
हेलिकोप्टरमार्फत् जाने ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दिक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् भने त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ।
प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ।
त्यसलगत्तै धनगढी उपमहानगरपालिका–८ मा निर्माण गरिएको सिटी हल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।