भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले दुई तिहाईसहितको बहुमत प्राप्त गरेको छ । ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो । सत्तारुढ आम आदमी पार्टीले २२ सीट जितेको भारतीय निर्वाचन आयोगले जनाएको छ । चुनावमा आम आद्मी पार्टीका प्रमुख तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनीष सिसोदिया पनि पराजित हुनुभएको छ ।
केजरीवाल भाजपाका प्रवेश बर्मासँग चार हजार ८९ मतान्तरले पराजित हुनुभएको हो । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ । जीतसँगै भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने भएको छ । भारतको संघीय संसद्को प्रमुख प्रतिपक्षी दल भारतीय नेशनल कंग्रेसले भने दिल्लीमा कुनै पनि सिट जित्न सकेन ।
यस अघि सन् २०२० को दिल्ली विधानसभा चुनावमा आम आद्मी पार्टीले ६२ सिट र भाजपाले आठ सिट जितेका थिए । आम आद्मी पार्टीका प्रमुख अरविन्द केजरीवालले हार स्वीकार गर्दै भाजपालाई बधाइ दिनुभएको छ ।
देशको राजधानीको सहर भएका कारण पनि दिल्ली राज्यसभाको चुनावलाई भाजपा र सत्तारुढ आम आद्मी पार्टीले प्रतिष्ठाको विषय बनाएका थिए । कल्याणकारी मुद्दा उठाएको केजरीवालको पार्टीले सन् २०१३ यता दिल्लीमा सरकार चलाइरहेको थियो । तर पछिल्लो समय केजरीवालसहित उहाँको दलका नेताहरूमाथि भ्रष्टाचारको आरोप लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।