आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भाजपाका नेताले प्रचण्ड र नेपाललाई किन भाउ दिएनन् ?

भाजपाका नेताले प्रचण्ड र नेपाललाई किन भाउ दिएनन् ?

  • मिडिया डबली
  • सोमवार, मंसिर २९ २०७७

  • 2.8K
    SHARES

  • भाजपाका नेताले प्रचण्ड र नेपाललाई किन भाउ दिएनन् ?

     काठमाडौं – तीनदिने नेपाल भ्रमणमा आउँदा भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट नगरेको विषयले नेकपा तातेको छ।

    महासचिव विष्णु पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका चौथाइवालेको भ्रमणका क्रममा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीको विदेश विभाग र यसका प्रमुखलाई बाइपास गरेको भन्दै असन्तुष्टी देखिएको हो। नेपाल भ्रमणको क्रममा चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि यहाँस्थित बिभिन्न संस्थाका प्रतिनिधिलाई समेत भेटेका थिए।

    तर पार्टीको बिदेश विभागलाई यस विषयमा कुनै जानकारी नै गराइएको थिएन भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेटघाटको व्यवस्था पनि गरिएको थिएन। भ्रमण समाप्त गरेर चौथाइवाले स्वदेश फर्किएको एकदिनपछि आइतबार नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिई सरकारी व्यक्ति सरह आमन्त्रण गर्नु र वार्ता गर्नु कुटनीतिक मान्यताको उल्लंघन भएको बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २७ २०८१०६:५२:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend