आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालबालिकाहरूलाई ठिक ढंगले हुर्काउनुपर्छ : प्रधानमन्त्री

बालबालिकाहरूलाई ठिक ढंगले हुर्काउनुपर्छ : प्रधानमन्त्री

  • मिडिया डबली डेक्स
  • सोमवार, माघ २१ २०८१

  • 783
    SHARES

  • बालबालिकाहरूलाई ठिक ढंगले हुर्काउनुपर्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका हुन्।

    उनले केही समय नेपाल पछाडि परेको भए पनि अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरू मुलुकभन्दा अगाडि जानसक्ने बताए। उनले नेपालमा सबैखाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरुले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरु गर्नसक्ने बताए।

    उनले आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भन्दै विद्यार्थीलाई पनि आत्मविश्वास राखेर देश बनाउन सकिन्छ भन्ने भावका साथ अध्ययन गर्न आग्रह गरे। अहिलेको सरकारको ध्यान तीव्र विकासको काममा रहेको उल्लेख गरे। अहिलेको सरकारको ध्यान तीव्र विकास, आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको बताए।

    प्रधानमन्त्री ओलीले बालबालिकाहरुले हामी गर्नसक्छौँ र अरूभन्दा अगाडि जानसक्छौँ भन्ने सोचेर अध्ययन गर्न जरुरी रहेको बताए। उनले सुस्वस्थ र निरोगी नेपाल बनाउने कुरामा सरकारको ध्यान रहेको बताए। विद्यार्थीलाई गलत संगतमा नपर्ने आग्रह गरे।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०८:०३:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend