काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान साढे आठ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो ।
आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी सांसदहरुले आज धारणा राखिसकेपछि मन्त्रीहरुले जवाफ दिनेछन् । मन्त्रीहरुले आफूले गरेका कामबारे सांसदहरुलाई जानकारी पनि गराउने छन् ।
संसदीय दलको बैठकमा यसअघि २० सांसदले बोलिसकेका छन् । साथै, अध्यादेशको अन्तरवस्तुबारे महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखकले सांसदहरुलाई जानकारी गराइसकेका छन् । कानुन सुधार सुझाव कार्यदलका तीन सदस्यले कानुनमा रहेका व्यवस्था र सुधार गर्नुपरेका कारणहरू पनि सुनाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।