आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज भारतमा ७६ औँ गणतन्त्र दिवस मनाइँदै

आज भारतमा ७६ औँ गणतन्त्र दिवस मनाइँदै

  • मिडिया डबली डेक्स
  • आइतवार, माघ १३ २०८१

  • 753
    SHARES

  • आज भारतमा ७६ औँ गणतन्त्र दिवस मनाइँदै

    काठमाडौँ । आज भारतले ७६ औँ गणतन्त्र दिवस मनाइरहेको छ। ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित भारतले यस वर्षको गणतन्त्र दिवस मनाउन लागेको हो।

    गणतन्त्र दिवसका अवसरमा भारतले प्रमुख अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोलाई निमन्त्रणा दिएको छ। गणतन्त्र दिवसमा सहभागी हुन उनी शुक्रबार नै नयाँ दिल्ली पुगिसकेका छन्। राष्ट्रपतिको पदभार ग्रहण गरेपछि सुबिआन्तोको यो पहिलो भारत भ्रमण हो।

    गणतन्त्र दिवसको अवसरमा बिहान १० बजेदेखि नयाँ दिल्लीस्थित ‘कर्तव्यपथ’ मा राष्ट्रपति द्रौपदी मुर्मूबाट झण्डोत्तलनका साथै परेडको तयारी गरिएको छ। परेडमा विभिन्न प्रदेश र सरकारी विभागको झाँकी प्रदर्शन गर्ने गरिन्छ।

    सन् १९५० मा २६ जनवरीका दिन भारत गणतन्त्र घोषित भएको थियो। भारत ब्रिटिस उपनिवेशबाट १९४७ अगस्त १५ मा स्वतन्त्र भएको थियो। १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो।

    गणतन्त्र दिवसमा भारतीय राजदूतको सन्देश

    भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापित गरेसँगै भारत गणतन्त्र मुलुक बनेको थियो। दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सूचना जारी गर्दै भारत र नेपाललाई सहस्राब्दीयौँदेखि भौगोलिकरूपमा भूमि, नदी र हिमालले जोडेको बताएका छन्।

    उनले नेपालका प्रसिद्ध पवित्रस्थल पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाम आउने भारतीय तीर्थयात्रीको संख्याले पनि दुई देशबीचको सम्बन्ध गहिरो रहेको प्रतिबिम्बित गरेको जनाएका छन्। राजदूत श्रीवास्तवले भारतको प्रयागराजमा सन् २०२५ जनवरी १३ देखि फेब्रुरी २६ सम्म हाल जारी रहेको महाकुम्भमा नेापली तीर्थयात्रीहरूले सहभागिता जनाएकोबाट पनि दुई देशको सम्बन्ध प्रगाढ रहेको जानकारी दिएको बताएका छन्।

    उनले महाकुम्भमा नेपाललगायत विश्वका ४० करोडभन्दा बढी आगन्तुक आउने अपेक्षा राखेका छन्। उनले भारतले नेपालको आर्थिक क्षेत्रमा समेत सहायता गर्ने आश देखाएका छन्। सन् २०२४ को नोभेम्बरमा भारचीय ग्रिडमार्फत नेपालबाट बंगलादेशमा ४० मेगावाटको पहिलो त्रिपक्षीय ऊर्जा व्यापारको सुरुवात नै यस्तो कनेक्टिभिटीको एक उदाहरण भएको सन्देशमा जनाएका छन्। भारतीय दूतावासले  एक विशेषांक जारी गर्दै नेपाल-भारतसम्बन्धका विविध  आयामलाई प्रस्तुत गरेको छ। भारतका प्रधानसेनापतिको नेपाल भ्रमण, नेपाली प्रधानसेनापतिको भारत भ्रमण, दुई प्रधानमन्त्रीको न्युयोर्कमा साइडलाइन वार्ता, परराष्ट्रमन्त्रीको भारत भ्रमण, तेस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलन’ प्राथमिकताका साथ प्रकाशित गरेको छ।

    हालै भारतमा जारी कुम्भमेला नेपाल-भारतबीच गरिने विभिन्न सांस्कृतिक कार्यक्रम, विकास साझेदारी, शिक्षा तथा क्षमता निर्माण,राहत तथा आपूर्तिका सहयोग, नेपाल-भारत पर्यटन सम्मेलन, भारतले नेपाललाई उपलब्ध गराउँदै आएको एम्बुलेन्स र स्कुल बस, विद्यालय र सरकारी भवन निर्माणसँगै भारतले अन्तरिक्षमा हासिल गरेको उपलब्धिलगायतका विषय प्रस्तुत गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १२ २०८०१०:५२:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend