आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतले आज ७५ औं गणतन्त्र दिवस मनाउँदै

भारतले आज ७५ औं गणतन्त्र दिवस मनाउँदै

  • मिडिया डबली
  • शुक्रवार, माघ १२ २०८०

  • 2.2K
    SHARES

  • भारतले आज ७५ औं गणतन्त्र दिवस मनाउँदै

    भारतको आज ७५ औं गणतन्त्र दिवस । यस अवसरमा भारतले आज गणतन्त्र दिवस तथा संविधान दिवस मनाउँदैछ ।

    सन् १९५० जनवरी २६ तारिखमा संविधान घोषणा भएको दिनको सम्झनामा भारतले हरेक वर्ष आजको दिन ‘रिपब्लीक डे’ मनाउँदै आएको छ ।

    देशका प्रथम राष्ट्रपति डा राजेन्द्र प्रसादले २१ तोपको सलामीसहित झन्डा फहराउँदै भारतलाई पूर्ण गणतन्त्र घोषणा गरेका थिए। सन् १९४७, अगष्ट १५ तारिखमा भारत बेलायतको उपनिवेशबाट मुक्त भएको थियो ।

    त्यसको साँढे दुई वर्षपछि भारतले नयाँ संविधान घोषणा गर्दै गणतन्त दिवस मनाउन थालेको हो । नयाँ दिल्लीमा हुने आजको विशेष समारोहमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों प्रमुख अतिथिका रुपमा रहेका छन्।

    उनले सैन्य परेडको अवलोकनगर्ने भएका छन् भने  गत वर्ष जुलाइमा फ्रान्सको राष्ट्रिय दिवस अर्थात ‘बास्टिल डे’ को कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि विशेष अतिथि बनेका थिए। - एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १३ २०८१०८:४३:०३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend