सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रेमी-प्रेमिका घरभित्रै मृत भेटिए

प्रेमी-प्रेमिका घरभित्रै मृत भेटिए

  • मिडिया डबली डेक्स
  • शनिवार, माघ १२ २०८१

  • 1.0K
    SHARES

  • प्रेमी-प्रेमिका घरभित्रै मृत भेटिए

    काठमाडौँ । रुकुमपश्चिममा अनौठो घटना घटेको छ। प्रेममा परी बिहे  गर्न भनी भागेका एक जोडी (प्रेमी-प्रेमिका) घरभित्रै मृत भेटिएका छन्।

    जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर यसरी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए।

    उनीहरू ४ दिन अघि बिहे गर्ने भन्दै घरबाट भागेका खुल्न आएको बताए। स्थानीयले खोजी गर्दा उनीहरू शनिवार प्रेमी (लोकेन्द्र)कै घरमा रहेको अस्थायी टहरामा मृत भेटिएका उनले बताए।

    लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुईँमा मृत भेटिएका हुन्। लोकेन्द्रमा आमाबुवा काम विशेषले जिल्ला बाहिर गएकाले उनीहरू आएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण ४ २०८१०१:४४:१४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend