काठमाडौं । विभिन्न स्थानमा ३ जना मृतावस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ चुरियामाई मन्दिरको माथिल्लो डाँडामा रहेको प्रतिक्षालयमा भारत महाराष्ट्र घर भएका ४६ वर्षीय रूद्र गिरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सिराहाको कर्जन्हा नगरपालिका-६ बेतहास्थित पोखरीमा पनि सोही नगरपालिका-७ मरेवा बस्ने ६५ वर्षीया देवरेन देवी यादव बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
रौतहटको देवाही गोनाही नगरपालिका-६ कर्कचस्थित माछा पोखरीमा कटहरीया नगरपालिका-५ बस्ने ५८ वर्षीय रामचन्द्र राय यादव बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।