काठमाडौँ । आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) को केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरूमाथि छलफल गर्न बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।