आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राप्रपामा पनि सुरु भयो विग्रह, कमल थापाको राणा र लोहनीमाथि प्रहार

राप्रपामा पनि सुरु भयो विग्रह, कमल थापाको राणा र लोहनीमाथि प्रहार

  • मिडिया डबली
  • सोमवार, जेठ २४ २०७८

  • 7.6K
    SHARES

  • राप्रपामा पनि सुरु भयो विग्रह, कमल थापाको राणा र लोहनीमाथि प्रहार

    काठमाडौं - एमाले, जसपामा जस्तै पञ्चहरूको पार्टी राप्रपामा पनि विग्रह सुरु भएको छ । यसको रहस्य राप्रपा अध्यक्ष कमल थापाले गरेका हुन् ।

    राप्रपामा थापासँगै पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी पनि अध्यक्ष छन् । तर, राणा र लोहनीको निष्क्रियता अल्छी घोडाको जस्तै भएको भन्दै थापाले असन्तुष्टि व्यक्त गरेका छन् ।

    थापाले आफूलाई तीव्र गतिको घोडाको संज्ञा दिएका छन् । तर, आफ्नो सक्रियता पनि दुई अल्छी घोडा (राणा र लोहनी) का कारण च्यापिएर सुस्ताउने अवस्थामा पुगेको उनको भनाइ छ । थापा वर्तमान ओली सरकारमा जान चाहन्छन् । तर, राणा र लोहनी त्यसको विरोधमा छन् । सोही कारण थापाले दुवै अध्यक्षप्रति आक्रोश व्यक्त गरेका हुन् ।

    थापाले सोमबार केही घन्टाको बीचमा दुईवटा स्टाटस सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । जसमा राणा र लोहनीको नामै नलिई विरोध जनाइएको छ । केही समयअघि मात्रै थापाले लेखेको स्टाटसमा भनिएको छ– ‘राप्रपा सत्ताकेन्द्रित फोहरी खेलमा छैन।

    विगतका त्रुटि कमजोरी सच्याएर नीति र बिचार केन्द्रित राजनीति वर्तमान समयमा राप्रपाको मुख्य प्रथमिकता र ध्येय हो। राप्रपालाई वैकल्पिक शक्ति बनाउन हाल कायम निस्क्रियताको महारोगबाट मुक्तहुनु अब अनिवार्य भएको छ। यही नै हाम्रो चाहना हो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १७ २०७७०५:३५:०४

    कमल थापा

    लेखक रास्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री हुन् ।
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend